काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा चार दिन देखि बन्द अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज बिहानबाट खुलेको छ।
आज बिहानदेखि भिजिबिलिटी पुगेका कारण उडान सुरु भएको छ। चार दिनमा दुई दिन त कुनै पनि उडान हुन नसकेको र बाकी दुई दिनमा आंशिक मात्रै उडान भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

































