काठमाडौं। जीवन बीमा कम्पनीहरुले गत वर्षको चौथो त्रैमाससम्म ५ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो वर्षको तुलनामा २२।३२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यिनीहरुले ४ अर्ब १४ करोड नाफा आर्जन गरेका थिए ।
जीवन बीमा कम्पनीहरुको प्रमुख वित्तीय सूचक यस्ता छन्
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी सबै भन्दा धेरै
१२ वटा जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफको चुक्ता पूँजी सबै भन्दा धेरै छ । यसको पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ बराबरको रहेको छ । यता, हिमालयन लाइफको चुक्ता पूँजी ८ अर्ब २ करोड रहेको छ । समग्रमा बीमा कम्पनीहरुको पूँजी ५८ अर्ब ३२ करोड ४० लाख रुपैयाँ बराबरको रहेको छ । यो अघिल्लो वर्षको भन्दा १२.७३ प्रतिशत धेरै हो । सबैभन्दा कम पूँजी लाइफ इन्स्योरेन्स कर्पोरेशन्सको देखिएको छ । यसको २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको चुक्ता पूँजी छ । यता, नेशनलको चुक्ता पूँजी ५ अर्ब १ करोड १६ रुपैयाँ बराबरको रहेको छ ।

रिटेन्ड अर्निङ लाइफ इन्स्योरेन्स कर्पोरेसनको धेरै
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) को रिटेन्स अर्निङ अरु जीवन बीमा कम्पनीको भन्दा धेरै रहेको छ । यसको उक्त शीर्षकमा २ अर्ब ५८ रुपैयाँ भन्दा धेरै छ । हिमालयको १ अर्ब ४२ करोड, आइएमईको १ अर्ब २ करोड रुपैयाँ रिटेन्ड अर्निङमा छ । रिलायबल, सानिमा रिलायन्स, नेसनल लाइफको पनि रिटेन्ड अर्निङ १ अर्ब भन्दा धेरैको छ ।
यता, सबै भन्दा कम रिटेन्ड अर्निङ एशियन लाइफको देखिएको छ । यसको ३४ करोड ९ लाख रुपैयाँ रिटेन्ड अर्निङमा रहेको छ । यिनीहरुको समग्रमा रिटेन्ड अर्निङमा ११ अर्ब ८० करोड ३८ लाख रुपैयाँ रहेको छ ।

बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अगाडि
नेपाल लाइफ इन्स्योरेन्सले गत वर्ष ४० अर्ब ११ करोड रुपैयाँ बराबरकोबीमा शुल्क संकलन गरेको छ । यो अघिल्लो वर्ष यसले ३६ अर्ब ५१ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको थियो । सबै भन्दा कम सन नेपालले ३ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । समग्रमा यिनीहरुले १ खर्ब ३७ अर्ब ९३ करोड २९ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

प्रथम बीमा शुल्क

प्रथम बीमा शुल्क भनेको के हो ?
बीमा गर्दा तिर्नुपर्ने पहिलो भुक्तानीलाई प्रथम बीमा शुल्क भनिन्छ । बीमकले बीमा पोलिसीको प्रारम्भिक शर्तमै प्रथम बीमा शुल्कको रकम निर्धारण गरेको हुन्छ । त्यसअनुसार नै बीमा गर्दा शुल्क तिर्नुपर्छ ।
हिमालयनको खुद नाफा अरुको भन्दा धेरै
हिमालयन लाइफ इन्स्योरेन्सको खुद नाफा ६३ करोड ३८ लाख रुपैयाँ रहेको छ । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा २१ प्रतिशरले धेरै हो । अघिल्लो वर्ष यसले ५२ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरको थियो । समग्रमा बीमा कम्पनीहरुको नाफा अघिल्लो वर्षको तुलनामा २२.३२ प्रतिशले बढेर ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।

लगानी तथा कर्जाबाट हुने आम्दानी २२.८८ प्रतिशतले बढ्यो
बीमा कम्पनीहरुको लगानी तथा कर्जाबाट हुने आम्दानी २२.८८ प्रतिशतले बढेर ४३ अर्ब ९ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यिनीहरुले ३५ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेका थिए ।
जीवन बीमा कम्पनीको नाफा बढ्नुको मुख्य कारण लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्नु पनि हो । त्यसैगरी अन्य श्रोतबाट हुने आम्दानी पनि बढेको छ । यस अवधिसम्म लगानी तथा कर्जाबाट नेपाल लाइफले सबै भन्दा धेरै आम्दानी गरेको छ । यसको उक्त शीर्षकमा १५ अर्ब २० करोड रुपैयाँ आम्दानी रहेको छ ।

प्रतिशेयर आम्दानी सन नेपाल लाइफको
जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा धेरै प्रतिशेयर आम्दानी सन नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ । यसको उक्त आम्दानी १४ रुपैयाँ ५१ पैसा छ । सबै भन्दा कम नेपाल लाइफको इपीएस देखिएको छ ।

बीमा कोष

प्रतिशेयर नेटवर्थ

































