National life

तातो हावा, यसको असर र जोगिने उपाय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ जेठ २०८०, आइतबार
729Shares
तातो हावा, यसको असर र जोगिने उपाय
ncell

काठमाडौं । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । योक्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ ।

तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ । इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन् ।

यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताउनुभयो । यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिनुभएको छ ।

उहाँका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उहाँले बताउनुभयो । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उहाँले बताउनुभयो ।

काठमाडौं, जेठ २७ गते । नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ । यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ । योक्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ ।

तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ‘रेकर्ड ब्रेक’ नै गरेको छ । इलाम, नवलपुर, धरान, ओखलढुङ्गालगायत क्षेत्रमा रेकर्ड ब्रेक भएको मौसमविद्ले बताएका छन् ।

यस्तो अवस्थाबाट कसरी जोगिने, केके गर्न सकिन्छ भन्ने विषयमा खास तयारी छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अब भने तयारी थालिएको बताउनुभयो । यसको असर र यसबाट बच्ने उपायका बारेमा चिकत्सक डा पवनकुमार शाहले केही ‘टिप्स’ दिनुभएको छ ।

उहाँका अनुसार तातो हावाको लहरले मानिसलाई मृत्यसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ । सुरुमा यसले चिलाउने, साना बिमिरा देखिने हुनसक्छ । त्यसबाट इन्फेक्सन भयो भने ठूला घाउ, खटिरा पनि बन्न सक्ने उहाँले बताउनुभयो । यस्तै खुट्टा सुनिने, रिङटा लाग्ने र बेहोस पनि हुन सकिन्छ । रक्तचाप घट्नेलगायतका लक्षण पनि देखिन सक्ने उहाँले बताउनुभयो ।

काम गर्ने व्यक्तिमा ‘डिहाइड्रेसन’ (निर्जलीकरण) हुनसक्ने बढी खतरा हुन्छ । यस्तो बेलामा तिर्खा बढी लाग्ने, टाउको दुख्ने पनि हुन्छ । वृद्धवृद्धा, बालबालिका तथा कमजोर व्यक्तिहरू कोमामा पनि जान सक्ने खतरा हुन्छ । हात खुट्टा बाउँडिने, अलिक बढी नै भयो भने वान्ता आउने र वान्ताका क्रममा फोक्सोमा पुग्यो भने मानिसको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो ।

यसका लागि शीतल ठाउँमा बस्नु नै यसको उपयुक्त उपचार हो । प्रशस्त पानी पिउने, घाममा धेरै नहिँड्ने, दिउँसो काम नगर्ने गर्दा पनि यसबाट जोगिन सकिन्छ। लक्षणअनुसारको उपचार हुने भन्दै डा शाहले तातो स्थानबाट चिसो ठाउँमा राख्ने, मसाज गर्ने, जीवनजल खुवाउने, कतिपय खुट्टामा असर परेको बेला खुट्टा उठाएर चिसो ठाउँमा राख्दा पनि कम हुँदै जाने बताउनुभयो । यति हुँदा पनि कम भएन भने चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने उहाँले सुझाव दिनुभएको छ ।रासस

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?