National life

दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न सकेन : सांसद पौडेल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
581Shares
दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न सकेन : सांसद पौडेल
ncell

काठमाडौँ । प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले दसैँका बेला सर्वसाधारण यात्रु चार गुणाले ठगिएकाे बताएका छन् । सोमबार बसेको भौतिक पूर्वाधार विकास समितिको दसैँ समीक्षा बैठकमा बोल्दै उनले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम योपटक पनि रोक्न नसकेको आरोप लगाएका हुन् ।

‘सर्वसाधारण यात्रु सार्वजनिक यातायातबाट भाडामा चार गुणाले ठगिएका छन् । यसको कयौं प्रमाण मसँग छ’ पौडेलले भने ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘सवारी भाडामा प्रायः सबै यात्रुहरु ठगिएका छन् । र पनि सरकार केही भएन भनिरहेको छ । खै ! बदमास एउटै यातायात व्यवसायीलाई कारबाही गर्नुभयो ? गर्न सक्नुभयो ?’ दसैँको सार्वजनिक यातायात सहज र व्यवस्थित भएको भन्ने मन्त्री ज्वालाको भनाइ खण्डन गर्दै उनले आक्रोश पोखे ।

 

यो समाचार शेयर गर्नुहोस्
581SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?