National life

नवलपुरमा उठ्यो गत आर्थिक वर्षमा रु २६ अर्ब बढी राजस्व

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
664Shares
नवलपुरमा उठ्यो गत आर्थिक वर्षमा रु २६ अर्ब बढी राजस्व
ncell
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ । कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९/८० मा  रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
उक्त कार्यालयले सबैभन्दा धेरै अन्तःशुल्कतर्फ रु २५ अर्ब १६ करोड ९१ लाख १६ हजार राजस्व सङ्कलन गरेको छ । यसैगरी आय कर रु ६३ करोड ९८ लाख ५५ हजार, मूल्य अभिवृद्धि कर रु ३८ करोड २५ लाख ६५ हजार, ब्याज रु छ करोड १३ लाख ७३ हजार, स्वास्थ्य सेवा कर रु चार करोड ३० लाख २० हजार, घर बहाल कर रु एक करोड ५३ लाख ४४ हजार  सङ्कलन भएको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आर्थिक वर्ष २०७९/८० मा उक्त कार्यालयले  कूल रु ३२ अर्ब १२ करोड ९३ लाख ६१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा कम(रु२६ अर्ब ३१ करोड १२ लाख ७४हजार (८१ दशमलब ८९ प्रतिशत) राजस्व सङ्कलन भएको प्रमुख कर अधिकृत पन्थीले बताए ।
कूल लक्ष्यको ९६ प्रतिशत अन्तःशुल्कतर्फ मात्रै राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । खपत बढ्ने लक्ष्य राखिए पनि अर्थतन्त्रमा आएको सङ्कुचनले गर्दा अन्तःशुल्क सङ्कलनमा समेत कमी आउँदा लक्ष्य हासिलमा असर परेको प्रमुख कर अधिकृत पन्थीले बताए । “अर्थतन्त्रमा आएको सङ्कुचनले आम्दानीमा कमी, घरजग्गालगायत कारोबारमा कमी  हुँदा खपतमा समेत कमी आयो, यसले राजस्व सङ्कलनमा समेत केही कमी देखिएको छ”, प्रमुख कर अधिकृत पन्थीले भने ।
लक्ष्यअनुसार राजस्व सङ्कलनमा केही कम देखिए पनि देशैभरिका राजस्व कार्यालयको तुलनामा यस कार्यालयको अवस्था भने राम्रो रहेको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा रु २४ अर्ब ११ करोड १२ लाख एक हजार राजस्व सङ्कलन भएकामा गत आर्थिक वर्षमा रु दुई अर्ब २० करोड ७२ हजार राजस्व बढी सङ्कलन भएको थियो । रासस
यो समाचार शेयर गर्नुहोस्
664SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?