काठमाडौँ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।
उनीसहित क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ ।


































