National life

नेपाल एसबिआई बैंकद्वारा वीरगन्जको विद्यालयमा ब्याग तथा शैक्षिक सामग्री प्रदान

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|३१ वैशाख २०८३, बिहिबार
817Shares
नेपाल एसबिआई बैंकद्वारा वीरगन्जको विद्यालयमा ब्याग तथा शैक्षिक सामग्री प्रदान
ncell

काठमाडौं । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको बिरगंज स्थित श्री महानगरपालिका आधारभुत बिद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री राम कुमार तिवारीले श्री महानगरपालिका आधारभुत बिद्यालयका प्रधानाध्यापकलार्ई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको थियो ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, श्री विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, श्री राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, श्री विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, श्री प्रबिण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, श्री रोशन कोइराला, बैंकका मधेश प्रदेश प्रमुख, श्री रितेश अर्याल र बैंक तथा स्कुलका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट कार्यालय र १२७ एटिएम सञ्चालनमा छन् ।

यो समाचार शेयर गर्नुहोस्
817SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?