National life

नेपाल विज्ञापन संघको २५ औं बार्षिक साधारण सभा सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
642Shares
नेपाल विज्ञापन संघको २५ औं बार्षिक साधारण सभा सम्पन्न
ncell

काठमाडौं । नेपाली आम संञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठन नेपाल विज्ञापन संघले आज विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई दुई वटा बिशेष कार्यक्रम सहित आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

राजधानीको ताहाचल स्थीत होटल हायात प्लेसमा बिहान पहिलो बन्द सत्रमा संघको वर्तमान कार्य समितीका तर्फबाट संघका महासचिब तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टा–छुट्टै बार्षिक तथा आर्थिक तथा आगामी आर्थिक बर्षको कार्यक्रम र अनुमानित आय–ब्यय बिबरणहरु बहुमतले पारित गरी नियमकिय प्रावधान पुरा गरेको थियो ।

त्यस पछि आयोजित दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरु लगाएत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरुलाई संलग्न गराई स्टेईंग रेलिभेन्टः रिसेपिंग नेपाल्स एडभर्टाईजिंग ल्याण्डस्केप शिर्षकमा बृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको थियो ।

बिख्यात विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्शका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्कर राज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म राज भुषाल तथा नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापाले आ– आफ्नो क्षेत्रको धारणा राखेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बरिष्ठ विज्ञापन ब्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा बिज्ञापन तथा समग्र मिडिया उद्योगको बर्तमान अबस्थाको चित्रण गर्नु भएको कार्यक्रमको अन्तमा विज्ञापन ब्यवसायी तथा मिडियाहरु समय सापेक्ष रुपमा परिष्कृत हुनु पर्ने, विज्ञापनदाताहरुले पनि विज्ञापनलाई खर्च भन्दा लगानीको रुपमा लिनु पर्ने र विज्ञापनले गर्दा मिडियाहरुलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरुले पनि विज्ञापनदाता र लक्षित समुहलाई आकर्षक हुने सामाग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीति लगाएत बिज्ञापनलाई बन्देज गर्ने कानुनहरुलाई समेत पुनःबिचार गर्न सम्बद्ध सबै पक्षहरुले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निश्कर्ष र प्रतिबद्धता सहित सो कार्यक्रम समापन भयो ।

त्यसै गरी आजको तेस्रो सत्रमा बरिष्ठ सञ्चारकर्मीहरु यादब खरेल, भारती सिलवाल गिरी, ईमेज च्यानलका अध्यक्ष आर के मानन्धर, कामना प्रकाशन समुहका संस्थापक अध्यक्ष स्व. पुष्करलाल श्रेष्ठ तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अबस्थामा आई पुग्न उनीहरुले आ– आफ्नो क्षेत्रबाट गरेको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरियो त्यसै गरी बर्षेनी एड फेष्टको अबसरमा थाईल्याण्डमा आयोजना हुने योंग लोटस वर्कशपमा सन् २०२४मा नेपालको प्रतिनिधित्व गरी अष्ट्रेलिया लगाएत एशिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारहरुका प्रतिनिधिहरु बिच भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँच भित्र पर्न सफल भई बिश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साईष्मा घिमिरेलाई पनि प्रशन्सा पत्र प्रदान गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
642SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?