National life

सचिव राउतलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०५ साउन २०८०, शुक्रबार
729Shares
सचिव राउतलाई हिरासतमुक्त गर्न सर्वोच्चको आदेश
ncell

काठमाडाैं । नेपाल सरकारका सचिव कृष्ण बहादुर राउतलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने क्रममा सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा पक्राउ परेका सचिव राउतलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको हाे ।

बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइपछि बिहीबार आदेश जारी गर्दै सर्वोच्चले राउतलाई थुनामुक्त गर्न भनेको हो ।

न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतलाई अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान नपाउने गरी थुनामुक्त गर्न आदेश दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आदेशमा राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको स्थिति नदेखिएकाले तारेखमै राखेर अनुसन्धान गर्न आदेश दिइएको  उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?