National life

नेष्डो समृद्ध लघुवित्तको नाफामा उछाल, सबै सूचकमा मार्यो छलाङ्ग

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
482Shares
नेष्डो समृद्ध लघुवित्तको नाफामा उछाल, सबै सूचकमा मार्यो छलाङ्ग
ncell

काठमाडौँ। नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय सुधार गर्दै नाफामा फर्किएको छ। संस्थाले यस अवधिमा १४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ६० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

संस्थाको आम्दानी वृद्धि हुनुका साथै इम्पेयरमेन्ट चार्ज रिभर्सल भएपछि नतिजामा सुधार देखिएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.६९ प्रतिशतले बढ्दै २१ करोड ३६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २० करोड २१ लाख रुपैयाँभन्दा बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २० करोड ३१ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष भने सञ्चालन नतिजा ११ करोड ६० लाख रुपैयाँले नोक्सानीमा थियो।

यस अवधिमा संस्थाले १ करोड ६ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ। निक्षेप संकलन र कर्जा विस्तार दुवैमा वृद्धि देखिएको छ। अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह पनि ३ अर्ब २ करोड रुपैयाँबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि, संस्थाको खराब कर्जा अनुपात भने केही बढेको छ। अघिल्लो वर्ष २०.९० प्रतिशत रहेको यस्तो अनुपात बढेर २१.३४ प्रतिशत पुगेको छ।

तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा २० करोड ५५ लाख रुपैयाँ रहेको छ भने सम्भावित लाभांश क्षमता ७०।५५ रुपैयाँ देखिएको छ।

वित्तीय सूचकअनुसार प्रतिसेयर आम्दानी (ईपीएस ) ६५.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२०.१३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात २४.२७ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ४३९.५१ रुपैयाँ र तरलता अनुपात २३.२८ प्रतिशत कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?