National life

पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत भएको एमाले नेता पाण्डेको भनाई

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ असोज २०८१, सोमबार
682Shares
पार्टी कार्यालय बनाउन व्यापारीको सहयोग लिनु गलत भएको एमाले नेता पाण्डेको भनाई
ncell

काठमाडौं। नेकपा एमाले नेता बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन व्यपारीबाट सहयोग लिनु गलत भएकी बताएकी छन् ।

यसले साढे ५ लाख पार्टी सदस्यको शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको उनले बताइन् ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको कीर्तिपुरको १४ रोपनी बढी जग्गामा एमालेले पार्टी कार्यालय बनाउँदैछ । २५ असोजमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एमाले नेताहरुका अनुसार भवन निर्माण पनि व्यवसायी गुरुङले नै गरिदिने छन् ।

एमाले स्थायी कमिटी सदस्य पाण्डले पार्टीको यो कदमको विरोध गरेकी छन् । ‘राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुबै गलत हो’, पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

यसरी पार्टी कार्यालय बनाउने निर्णय आत्मघाती सावित हुने भन्दै उनले सच्याउन माग गरेकी छन् ।

‘दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला’, पाण्डेले भनेकी छन्, ‘तर स्वीकार गर्ने पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परेको कुरा, जानकारी समेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ ।’

अझै समय रहेको भन्दै उनले एमालेको गौरब जोगाउन निर्णय सच्याउनुपर्ने बताएकी छन् ।

यो समाचार शेयर गर्नुहोस्
682SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?