National life

पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि २८ गते सुनुवाई हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० मंसिर २०८०, बुधबार
590Shares
पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि २८ गते सुनुवाई हुने
ncell

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारावास काटिरहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ ।

उच्च अदालत पाटनले खाँणको निवेदनमाथि तेस्रो न्यायाधीशको बेन्चमा २८ गतेका लागि पेशी तोकेको हो । बालकृष्ण खाँणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा दुई न्यायाधीशको राय बाझिएपछि निर्णयका लागि तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश प्राप्त भएको छ ।

मङ्सिर १५ गते शुक्रवार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीका हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

खाणलाई धरौटीमा रिहा गर्ने सन्दर्भमा न्याय सेवाबाट उच्च अदालतको न्यायाधीश भएका प्रकाश खरेलले फरक मत राखेपछि निर्णय मुल्तबीमा बसेको थियो । ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
590SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?