National life

प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट डा. सुनिल शर्मा सर्वसम्मत सिफारिस

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२२ मंसिर २०८२, सोमबार
629Shares
प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट डा. सुनिल शर्मा सर्वसम्मत सिफारिस
ncell

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सर्वसम्मत सिफारिस भएका छन्। क्षेत्रीय समितिको बैठकले उनको एकल नाम सिफारिस गर्ने निर्णय गरेपछि डा. शर्मा नेपाली कांग्रेसको उम्मेदवार हुन सिफारिस हुने नेपालभरका नेताहरूमध्ये पहिलो बनेका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कांग्रेस केन्द्रले प्रत्येक क्षेत्रबाट एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सर्कुलर पठाएकोमा मोरङ-३ मा भने अन्य कुनै नेताले उम्मेदवारीमा दाबी गरेनन्। सर्वसम्मत सिफारिस भएपछि कार्यक्रमस्थलमै बोल्दै शर्माले इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने अवसर प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए। उनले २०८२ सालमा निर्वाचन हुनेमा आशङ्का व्यक्त गर्दै काँग्रेसले मोरङ-३ मा जस्तै अन्य स्थानमा पनि मेलमिलापसहित प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गर्नुपर्नेमा जोड दिए।

शर्माले देशभरका १६४ क्षेत्रले मोरङ—३ को यस प्रक्रियालाई रोल मोडल को रूपमा मानेर आम देशभरका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आ-आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित कांग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुपर्ने बताए।

उनले भने, ‘यो ०८२ सालमा चुनाव हुन्छ हुँदैन थाहा छैन। चुनाव भयो भने नेपाली काँग्रेसलाई एउटा ठुलो सन्देश हो, काँग्रेस पार्टीभित्र हृदयबाटै मेलमिलापसहित प्रतिनिधि सभामा अरू ठाउँमा पनि सर्वसम्मत हुन सक्दो रहेछ भनेजस्तै देशभरका १६४ क्षेत्रले यसलाई रोल मोडलको रूपमा मानेर आम देशभरका नेपाली काँग्रेसका नेता, कार्यकर्ताले आफ्नो आफ्नो क्षेत्रमा आफ्ना उम्मेदवारलाई निर्विरोध गरेर नयाँ सञ्चारसहित काँग्रेसलाई नयाँ ऊर्जा भरेर मुलुकभर लैजानुहुन्छ, नेपाली काँग्रेसले फेरि पनि बहुमत ल्याउँछ, त्यो सबैभन्दा ठुलो सफलता हो।’

शर्माले आफू मन्त्री हुने वा नहुने अर्को पाटो भए पनि इमानदारितापूर्वक नेपाली जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले मोरङ—३ क्षेत्रका सबै नेता र कार्यकर्तालाई धन्यवादको पात्र भएको बताए। निर्वाचन क्षेत्र नम्बर ३ का जनताले डा। शर्माको विकल्प नभएको बताएका छन् र उनलाई मन्त्री बन्ने आशीर्वाद दिनुपर्ने धारणा राखे।

ध्चष्तभ तय द्यष्वबथब एजगथब
ि

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?