National life

हेम बहादुर मल्ल सम्मान २०७७’ प्रधान र २०७८ आचार्यलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
550Shares
हेम बहादुर मल्ल सम्मान २०७७’ प्रधान र २०७८ आचार्यलाई
ncell

काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई र हेम बहादुरमल्ल सम्मान २०७८ भान प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । नेपाल जन–प्रशासन संघले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापक वीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसंग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण पुनरावलोकन र मूल्याकनमा पृष्ठपोषण गर्ने उद्देश्यले विसं २०४७ सालमा नेपाल जनप्रशासन संघको स्थापना भएको हो ।

गैरनाफामुखी पेशागत संघको रूपमा स्थापित यस संघले विगतमा जनप्रशासनका विभिन्न विधाहरुमा छलफल, अन्तरक्रिया, प्रशिक्षण जस्ता कार्यक्रमहरु आयोजना गरी त्यस्ता कार्यक्रमबाट प्राप्त भएका सुझावहरु नेपाल सरकार एवं सम्बन्धित निकायहरुमा पठाई सहयोग पुर्याउँदै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संघले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्व. हेम बहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रहि उत्कृष्ट एवं विशिष्ट योगदान पुयाए वापत निजको सम्झना र सम्मानमा हेम बहादुर मल्ल सम्मान स्थापना गरेको हो । यो सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापका क्षेत्रमा योगदान पुर्याए वापत सम्मानपत्रसहित नगद दुई लाख प्रदान गरिने भएको छ ।

हेमबहादुर मल्ल सम्मान २०७७ गोरक्ष बहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने भएको छ । प्रधानले चार दशक सरकारी सेवामा विशेषगरी प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ र पर्यटन मन्त्रालय, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रमुखकारुपमा कुशलतापूर्वक भूमिका निर्वाह गरेको कदर स्वरुप यो सम्मान प्रदान गर्ने निर्णय भएको हो ।

त्यस्तै, हेम बहादुर मल्ल सम्मान २०७८ भानु प्रसाद आचार्यलाई प्रदान गरिने भएको छ । आचार्यले महालेखानियन्त्रक, अर्थ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव र महालेखा परीक्षककारुपमा उत्कृष्ट भूमिका निर्वाह गरेको कदर स्वरुप यो सम्मान प्रदान गर्ने निर्णय भएको छ ।

No description available.

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?