National life

बुटवल पावर कम्पनीको नाफा २.४८ प्रतिशतले घट्यो, कति छ प्रतिशेयर आम्दानी ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
667Shares
बुटवल पावर कम्पनीको नाफा २.४८ प्रतिशतले घट्यो, कति छ प्रतिशेयर आम्दानी ?
ncell

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म बुटवल पावर कम्पनीको नाफा २.४८ प्रतिशतले घटेर २६ करोड ७३ लाख २९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २७ करोड ४१ लाख ५० हजार रुपैयाँ रहेको थियो । कम्पनीको विद्युत व्यापारबाट हुने आम्दानी घटेसँगै नाफा पनि घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको असार मसान्तमा कम्पनीले विद्युत बिक्री गरेर ७७ करोड ५० लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको थियो । गत आवको सोही अवधिमा विद्युत बिक्री गरेर हुने आय ६.५३ प्रतिशतले घटेर ७२ करोड ४४ लाख १७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अन्य आम्दानी ८ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ४ करोड २९ हजार रुपैयाँ रहेको थियो । कम्पनीको सेयर पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?