National life

ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप-२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ साउन २०८०, बुधबार
612Shares
ब्रिटिस कलेजले ‘चौथो ब्रिटिस कप-२०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने
ncell

काठमाडाैं । द ब्रिटिस कलेज (टीबीसी)ले ‘चौथो ब्रिटिस कप– २०२३ इन्टर कलेज फुट्सल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ ।

यही अगस्ट १७ र १८ तारिखको दिन काठमाण्डौको बालुवाटारस्थित ढुकु फुट्सल ग्राउण्डमा प्रतियोगिताको आयोजना हुने भएको हो। सन् २०१८ देखि कलेजले निरन्तर रुपमा आयोजना गर्दै आएको प्रतियोगितामा विभिन्न कलेजले सहभागिता जनाउने भएका छन् । यसपटक किङ्ग्स कलेज, थेम्स कलेज, एस बिजनेस स्कुल, क्याम्पियन, सेन्ट जेभियर्स, आईआईएमएस, सफ्ट्वेरिका, हेराल्ड केटीएम्, आर्ईएसएमटी, सिल्भर माउन्टेन, प्राइम, एपेक्स, नाथम, केसीएम, ब्रिटिस प्रोफेसनल कलेज तथा आयोजक ब्रिटिस कलेजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, व्यक्तिगत अवार्डतर्फ उत्कृष्ट खेलाडी तथा उत्कृष्ट गोलकिपरले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

कलेजले प्रतियोगितालाई सभ्य र भव्य बनाउनका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरेको छ । यसपटकको शीर्ष प्रायोजक ग्रेस इन्टरनेसनल कन्सलटेन्सी रहेको छ ।

त्यस्तै इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स लिमिटेड, ई–कमर्स पार्टनरमा अरज, मोबिलिटी पार्टनरमा पठाओ, हस्पिटालिटी पार्टनरमा होटल कन्ट्री भिला, मेडिकल पार्टनरमा वयोधा हस्पिटल्स, मिडिया पार्टनरमा हाम्रो खेलकुद र फुड पार्टनरमा एमके फुड प्रोडक्ट रहेका छन् । मेमो गार्डन, रेड मुन, आँखी झ्याल तथा शिव साउन्डले पनि प्रतियोगिताका लागि सहकार्य गरेका छन् ।

प्रतियोगिताका बारेमा बोल्दै कलेजका मार्केटिङ हेड अमरदिप मण्डलले टिमवर्क तथा स्र्पोर्टसम्यानसिप वृद्धिका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले भने, ‘फेरि पनि ब्रिटिस कपको आयोजना गर्न लाग्दा हामी पनि निकै उत्साहित छौँ । यी दुई विशेषताहरु हाम्रो जीवनको हरेक चरणमा उत्तिकै आवश्यक छन् । त्यस्तै कार्यक्रमलाई भव्य बनाउनका लागि सहकार्य गर्ने सबै प्रायोजकलाई धेरै धन्यवाद दिन चाहन्छु । सो दिन सबैको उपस्थितिको अपेक्षा गर्दछौँ ।’

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?