National life

भारतको नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा भएको छ : प्रचण्ड

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
674Shares
भारतको नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा भएको छ : प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको नयाँ संसदमा राखिएको नक्सा बारेमा कुरा उठाएको बताएका छन् । राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा नक्सा बारेमा कुरा उठाएन भन्ने कुरा गलत भएको बताए ।

‘भारतीय संसदमा राखेको नक्सा बारेमा कुरा भयो । नयाँ संसद भवनमा भारतले राखेको विषयमा विभिन्न कोणबाट चर्चा परिचर्चा भएको छ ।’ प्रचण्डले भने, ‘उहाँहरुले यो कुनै राजनीतिक नक्सा होइन ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपमा हेर्न हुँदैन भनेर उहाँहरुको जवाफ थियो ।’

साथै उनले तराई डुबानको विषयमा पनिगम्भीर छलफल भएको बताए । त्यस्तै लक्ष्मणपुर बाँधको विशेषमा पनि छलफल भएको छ । डुबानका विषयमा वर्षा अगाडि नै दुई देशका अधिकारीले समाधानका विषयमा केन्द्रीत रहेका छलफल गर्न निर्देशन दिइसकिएको प्रचण्डले बताए।

यो समाचार शेयर गर्नुहोस्
674SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?