National life

मनकामना स्मार्ट लघुवित्तले बोलायो साधरणसभा, यी हुन एजेन्डा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१२ चैत २०८०, सोमबार
445Shares
मनकामना स्मार्ट लघुवित्तले बोलायो साधरणसभा, यी हुन एजेन्डा
ncell

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते साधारण सभा बोलाएको छ । लघुवित्तले होटल पौवा, सिद्धार्थनगर ६, रुपन्देहीमा दिउँसो १ बजे सभा बोलाएको हो जानकारी दिएको छ।

सभाले समता घरेलु लघुवित्त र मनकामनाको शेयर आदान प्रदान दर, प्रारम्भिक समझदारीपत्र तथा प्राप्ति सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन लगायतका प्रस्ताव पारित गर्ने एजेन्डा राखेको छ ।

यस्तै सभाले अन्तिम सम्झौतापत्र लगायत सो सम्बन्धी कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी, प्राप्ति (एक्विजिशन) सँग सम्बन्धीत आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित गर्ने भएको छ ।

Royal Enfield
nic asia capital
यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने छ ।

यसैगरी,लेखा परीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०-८१ को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ। लघुवित्तले छैठौं वार्षिक साधारण सभा प्रयोजनको लागि चैत १६ गतेबाट चैत २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार, चैत १५ गतेसम्म सेयरधनी मात्र साधारण सभामा भाग लिन पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?