National life

राष्ट्र बैंकले दियाे नेसनल र समिट लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२५ असार २०८०, सोमबार
413Shares
राष्ट्र बैंकले दियाे नेसनल र समिट लघुवित्तलाई मर्जरका लागि अन्तिम स्वीकृति
ncell

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले गत असार २२ गते पत्र पठाउँदै दुवै लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो ।

यसअघि गत पुस ७ गते यो मर्जरलाई राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

दुवै लघुवित्तबीच गत असार ६ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी दुवै लघुवित्तबीच गत वर्ष असोज २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

यी दुवै लघुवित्तको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जर प्रक्रियालाई स्वीकृत गरेको थियो ।

नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच १ः०.७३ सेयर स्वाप रेसियोमा मर्जर हुनेछन् । नेसनल माइक्रोफाइनान्सको १०० कित्ता सेयरबराबर समिट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?