National life

रिलायन्स स्पिनिङ मिल्सको नाफा २६ करोड ६८ लाख , यस्ता छन् अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
613Shares
रिलायन्स स्पिनिङ मिल्सको नाफा २६ करोड ६८ लाख , यस्ता छन् अन्य सूचक
ncell

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सार्वजनिक गरेको वित्तीय विवरणले कम्पनीको नाफा घटेको देखाएको छ। समीक्षा अवधिसम्म कम्पनीले २६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.७० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ३२ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको बिक्री आम्दानीमा भने सामान्य वृद्धि देखिएको छ। चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ,  अघिल्लो वर्ष यही अवधिमा ७ अर्ब ३९ करोड रुपैयाँ आम्दानी गरेको थियो। तर, अन्य आम्दानी घट्दै ४ करोड रुपैयाँबाट २ करोड १५ लाख रुपैयाँमा झरेको छ।

खर्चतर्फ हेर्दा प्रशासनिक तथा अन्य खर्च उल्लेख्य रूपमा बढेको छ। यस्तो खर्च २२ करोड ३७ लाख रुपैयाँबाट बढेर २९ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ, बिक्री तथा वितरण खर्च भने १४ करोड ९ लाख रुपैयाँबाट घटेर १३ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ। साथै वित्तीय खर्च पनि ३४ करोड ४२ लाख रुपैयाँबाट घटेर २२ करोड १० लाख रुपैयाँमा झरेको छ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने कुल चालु दायित्व २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २०.४२ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ४९७.३७ रुपैयाँ रहेको छ। त्यसैगरी तरलता अनुपात २ प्रतिशत र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७३७.३० रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
613SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?