National life

रिलायबल नेपाल लाइफद्वारा ज्ञवालीको परिवारलाई १ करोड २ लाख मृत्युदावी भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
532Shares
रिलायबल नेपाल लाइफद्वारा ज्ञवालीको परिवारलाई १ करोड २ लाख मृत्युदावी भुक्तानी
ncell

चितवन । गत बैशाखका निधन भएका गैँडाकोट नगरपालिका वडा नम्बर १६, नवलपुरका स्वर्गीय प्रदिप ज्ञवालीको परिवारलाई आज एक कार्यक्रम गरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक करोड दुइ लाख बराबर मृत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण गरेको छ।

शनिबार स्वर्गीय ज्ञवालीको परिवारलाई रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि गैँडाकोट शाखाले निवास मै पुगेर चेक हस्तान्तरण गरिएको कम्पनीका गैडाकोट शाखाका शाखा प्रमुख नारायण पौडेलले जानकारी दिए ।

नारायणगढ शाखाका शाखा प्रमुख रमेश आचार्यको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि कम्पनीका चितवन प्रदेशका प्रदेश प्रमुख राजेन्द्र पौडेल , विशिष्ट अतिथि गैडाकोट नगरपालिका १६ का वडा अध्यक्ष विनोद कुमार मल्ल , हाकिमचोक शाखाका शाखा प्रमुख राजकुमार दाहाल , वरिष्ठ एजेन्सि म्यानेजर विष्णु कुमारी कुवर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले देशमा सबै परिवार र सदस्यले अनिवार्य बीमा गर्नु पर्ने बताउदै बीमा आफु हुदा आफुलाइ पनि र नहुदा परिवारको समेत विशेष सहारा भएको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कार्यक्रम मा आफ्नो मन्तव्य राख्दै विशिष्ट अतिथि वडा अध्यक्ष मल्लले परिवार र समाजले कुशल व्यक्ति गुमाउदाको पीडामा आर्थिक हिसाबले केहि मलम लगाउने काम रिलायबलले गरेको र अब सबै परिवारले सानो ठुलो जति सकिन्छ बीमा गर्नु पर्ने र आफुले पनि सबै वडा बासिमा अनुरोध गर्ने बताए ।

कार्यक्रम सन्चालक गैडाकोट शाखा का प्रमुख नारायण पौडेल स्वर्गीय ज्ञवालिले दुइ किस्ता वापत जम्मा चार लाख पचास हजार रुपैयाँ मात्र कम्पनी मा बीमा वापत बुझाएको र उहाको परिवार ले एक करोड दुइ लाख रुपैयाँ पाएको जानकारी गराएका थिए । पौडेलले रिलायबलले अन्य कम्पनीले भन्दा बढि सुविधा दिएको हुनाले नै यति ठुलो रकम प्राप्त गरेको जानकारी गराएका थिए । गाडि दुर्घटना बाहेक अन्य कुनै पनि दुर्घटना मा बीमाङ्को डबल रकम दिने कम्पनि रिलायबल भएको र दुर्घटनाले अस्पताल बस्दा समेत दैनिक रुपमा रकम दिने, घातक रोगमा तत्काल उपचार खर्च उपलब्ध गराउने , जुनसुकै कारण अशक्तता हुदा समेत तत्काल ठुलो रकम एकमुस्ठ रकम दिने एक मात्र कम्पनी रिलायबल भएको हुदा सबैले समयमै रिलायबलमा बीमा गर्नु आजको आबस्यकता भएको बताए ।

उक्त कार्यक्रम मा MDRT दुर्गा शर्मा, इन्दिरा दाहाल , प्रकाश थापा,एजेन्सि म्यानेजर नवराज पौडेल , लिलाधर कडेल , लगायत स्वर्गीय ज्ञवालिको परिवार , छिमेकि जनप्रतिनिधि को उपस्थितिमा रकम हस्तान्तरण गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?