National life

रिलायबल नेपाल लाइफद्वारा छिटो दाबी भुक्तानी, परिवारलाई आर्थिक राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
933Shares
रिलायबल नेपाल लाइफद्वारा छिटो दाबी भुक्तानी, परिवारलाई आर्थिक राहत
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको हेटौंडा शाखाले आफ्ना एक बीमितको निधनपछि परिवारलाई बीमा दाबी रकम उपलब्ध गराएको छ। स्वर्गीय भेषबहादुर स्याङतानको परिवारलाई कम्पनीले ११ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ।

कम्पनीका अनुसार स्याङतानले करिब तीन वर्षअघि १० लाख रुपैयाँ बराबरको जीवन बीमा योजना लिएका थिए। गत महिना उनको निधन भएपछि आवश्यक प्रक्रिया पूरा गरेर दाबी भुक्तानी गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका प्रतिनिधिहरू मृतकको निवासमै पुगेर एक संक्षिप्त कार्यक्रममार्फत उक्त रकम परिवारलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा शाखा प्रमुख, कर्मचारी तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो।

रिलायबल नेपाल लाइफले बीमालाई आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यमको रूपमा प्रस्तुत गर्दै कठिन समयमा परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले छिटो भुक्तानी गरिएको उल्लेख गरेको छ। मृतकका परिवारले पनि कम्पनीको छरितो सेवाप्रति आभार व्यक्त गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
933SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?