National life

सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफामा वृद्धि, सबै सुचकमा प्रगति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० साउन २०८१, बुधबार
507Shares
सगरमाथा लुम्बिनी इन्सुरेन्सको नाफामा वृद्धि, सबै सुचकमा प्रगति
ncell

काठमाडौं। सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६० करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन नाफा अघिल्लो वर्षको भन्दा ८३.९५ प्रतिशतले बढी हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अघिल्लो वर्ष कम्पनीले ३३ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको खुद बिमा शुल्क १९.०७ प्रतिशतले बढेर १ अर्ब ९१ करोड रुपैयाँ भएको छ । यस्तै, कम्पनीको कर्जा तथा लगानीबाट हुने आम्दानी पनि २०.८२ प्रतिशतले बढेर ४७ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँले बढेर २३.२२ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ भने २४२.०४ रुपैयाँ छ ।

यो समाचार शेयर गर्नुहोस्
507SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?