काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

































