National life

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
797Shares
सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्युदाबी भुक्तानी
ncell

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरेको छ।  सैनामैना–१०, झिमझिमिया, रुपन्देही निवासी नर बहादुर परियारले पञ्चज्योती स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था मार्फत लिएको ऋणको कर्जा सुरक्षा म्यादी जीवन बीमा अन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट मृत्यु दाबी भुक्तानी प्रदान गरिएको हो।

परियारले सहकारी मार्फत रु ४ लाख रुपैयाँ ऋण लिएकोमा सो ऋणको बीमा सन नेपाल लाइफ इन्स्योरेन्स मार्फत गरिएको थियो। ऋणी परियारको निधन भएपछि बीमा कम्पनीले सहकारी संस्थालाई मृत्यु दाबी बापत ४ लाख रुपैयाँ र क्रिया खर्चका लागि थप १० हजार रुपैयाँ दाबी भुक्तानी उपलब्ध गराएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधवार सैनामैना–१०, झिमझिमिया, मा सहकारीको आफ्नै भवनको हलमा आयोजित एक विशेष कार्यक्रममा कम्पनीका लुम्बिनी रिजनल म्यानेजर सन्तोष कुँवर क्षेत्री, कपिलवस्तु शाखा प्रमुख गीता गौतम तथा शाखाका कर्मचारी तिलक बञ्जाडेले सो चेक सहकारीका व्यवस्थापक लक्ष्मण पौडेललाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बोल्दै रिजनल म्यानेजर क्षेत्रीले जीवन बीमा दुःखको साथी र सम्पत्ति जोगाउने माध्यम भएको बताए। उनले भने “बीमा व्यावसायिक र व्यक्तिगत दुवै जोखिम न्यूनीकरणमा सहायक छ, आर्थिक योजना बनाउँदा बीमाको लागि केही रकम व्यवस्थापन गर्न सके भविष्यमा हुने ठुलो आर्थिक क्षतिलाई सजिलै व्यवस्थापन गर्न सकिन्छ । सन नेपाल लाइफको कर्जा सुरक्षा म्यादी जीवन बीमा योजनाले सहकारी र सदस्यहरूलाई वास्तविक रूपमा बीमा र सुरक्षाको अनुभूति दिलाएको छ ।

सहकारीका व्यवस्थापक लक्ष्मण पौडेलले बीमाको यो नीतिले सहकारी संस्था र सदस्यहरूको आर्थिक सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा राखेका थिए। उनीहरूले दुर्घटना र आकस्मिक अवस्थाबाट उत्पन्न हुने आर्थिक जोखिम न्यूनीकरणका लागि यस्तो संस्थागत बीमालाई अझ विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सहकारीका सदस्य परियारको मृत्युको यस दुःखद क्षणमा अत्यन्तै छिटो छरितो र विना झन्झट बीमा दाबी रकम उपलब्ध गराएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद समेत व्यक्ति गरेका छन् ।

सहकारीकी उपाध्यक्ष कमला थापाले शुरुमा आफूले बीमाको विषयमा त्यति धेरै नबुझेको भए पनि सन नेपाल लाइफ इन्स्योरेन्स र आफ्नो सहकारीले ऋण बीमा सम्झौता गरी कार्य सुरु गरेपछि कम्पनीले दिएको सेवा र सुविधाहरू देखेर अत्यन्तै प्रभावित भएको बताएका छन्। उनले भने जनमानसमा बीमा कम्पनीबाट दाबी भुक्तानी लिन गाह्रो हुन्छ भन्ने छ, तर होइन रहेछ, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जुन हिसाबले बीमाको सेवा लगायत दाबी भुक्तानमा सहजीकरण गरिरहेको छ त्यो अत्यन्तै सराहनीय रहेको छ ।

कपिलवस्तु शाखा प्रमुख गीता गौतमले कम्पनीले आफ्ना विमितहरुको लागि नेपालमै पहिलो पटक सन मेडिकेयर जस्तो सुविधा प्रदान गरेका कारण विभिन्न आकस्मिक समस्या आइपर्दा उपचार खर्च दिने सुविधा समेत रहेको बताए।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देशभरका विभिन्न बचत तथा ऋण बहुउद्देश्यीय लगायतका   सहकारीसँग कर्जा सुरक्षण बीमाको लागी सहकार्य गरेको समेत जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
797SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?