National life
cg eloctronics

सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२३ जेठ २०८०, मङ्गलबार
889Shares
सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न
muktinatha bikash bank

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले सम्पन्न भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन् । कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।

चार मुख्य हिमालहरु – सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

टिमको अथक प्रयासले ३५,७०८ किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूर्ण रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरुलाई पुन छुट्ट्याएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ ।

everest bank

अभियानको सफलताको बारेमा चर्चा गर्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले “यी चार मुख्य हिमालहरुबाट ३५,७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा गर्व लागेको बताए ।

। साथैयो अभियानलाई सफल बनाउन मद्दत पु¥याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थाहरुको अटल सहयोगप्रति कृतज्ञता व्यक्त गरे । साथै अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोका–कोला फाउन्डेसनलाई विशेष धन्यवाद प्रदान गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?