काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८१-०८२ को मुनाफाबाट २०% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको थियो । जसमा ५% बोनस र १५% नगद लाभंश करसहित साधारण सभाले पास गरेको थियो ।
सभा मंसिर २६ गते शुक्रबार बिहान ११ बजे होटल सिद्धार्थ भिलासा रुपन्देही भैरहवामा सञ्चालक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपाने को अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त साधारण सभामा ७६% भन्दाबढी शेयर धारण गर्ने शेरधनीहरूको उपस्थित रहेको थियो । सभामा सञ्चालक समितिका अध्यक्षले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नुपर्ने प्रतिवेदन तथा अध्यक्षको मन्तव्य सहितको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो । उक्त प्रतिवेदन माथि सहभागी शेरधनी ज्यूहरूले छलफलमा भाग लिँदै कम्पनीले हाल राम्रो काम गरिरहेको र आगामी दिनमा समेत अझै राम्रो प्रगति गर्नुपर्ने कुरामा विशेष जोड दिनुभएको थियो ।
शेरधनीहरूले छलफलमा उठाउनुभएको विषयवस्तुलाई कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत ले जवाफ दिनुभएको थियो । साधारण सभामा अध्यक्षज्यूले प्रस्तुत गर्नुभएको सञ्चालक समितिको प्रतिवेदन वासलात तथा कम्पनीको समग्र विषयवस्तुमाथि छलफल भएपश्चात साधारण सभाले सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पास गरेको थियो ।
साधारण सभाका प्रस्तावहरुमा आर्थिक वर्ष २०८१-०८२ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पास गरेको थियो । भने लेखा परीक्षण प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वित्तीय विवरण वासलात नाफा नोक्सान नगद प्रवाह विवरण सहित को वित्तीय विवरण समेत पास गरेको थियो।
साधारण सभाले लेखापरीक्षकको नियुक्ति तथा बोनस सेयर वितरण गरेपश्चात प्रबन्धपत्र नियमावलीमा संशोधन लगायतका लेखापरीक्षक नियुक्ति लगायतका विषयवस्तुहरू समेत सभाले पारित गरिएको थियो ।
वार्षिक साधारण सभाको समापन कम्पनीका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले गर्नुभएको थियो । सो क्रममा कम्पनीका अध्यक्षले कम्पनी भावी दिनमा समेत राम्रो हुने र देशकै अग्रणी सिमेन्ट कम्पनी बन्न प्रयासरत रहने कुरा बताउँदै शेयरधनीहरुलाई अझै बढी लाभंश कसरी दिन सकिन्छ भनेर अहोरात्र खटिरहेको जानकारी समेत प्रदान गर्नुएको थियो ।
साथैसर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा समेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग भएको र हाल ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ.





































