National life

साना व्यवसायीमाथि अत्याचार गरेको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२७ असार २०८०, बुधबार
576Shares
साना व्यवसायीमाथि अत्याचार गरेको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन
ncell

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध प्रदर्शन भएको छ । महानगरको बागदरबारस्थित कार्यालय अघि भेला भएर स्थानीयले बिरोध गरे‍का हुन् ।

मेयर शाहको कामको बिरोधमा ‘इनफ इज इनफ’ भन्दै बिरोध गरिएको छ । साना व्यवसायी माथि महानगरले गरेको व्यवहार एकदमै गलत भएको उनीहरुको आरोप छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आन्दोलनमा सहभागी भएकाहरुले महानगर प्रहरीले गरिखाने वर्गमाथि क्रुरतापूर्वक बल प्रयोग गरिएको र त्यसो गर्न नपाइने बताए । शाहले गरीबमाथि अत्याचार गरिरहेको उनीहरुको आरोप छ ।

महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै विरोध प्रदर्शन भएको हाे ।महानगरपालिकाको कार्यालय अगाडि स्वतन्त्र युवाहरुको समूहले ‘गरिखान देऊ’ भन्दै विरोध गरेका हुन् ।

उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र साह(बालेन)ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोहट्ठ छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?