National life

सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि,प्रतिशेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ कात्तिक २०८०, शुक्रबार
813Shares
सिटिजन लाइफ इन्स्योरेन्सको नाफामा वृद्धि,प्रतिशेयर आम्दानी कति ?
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले प्रकाशित गरेको बिवरण अनुसार यो आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा आर्थिक मन्दीका आएको प्रतिकुल आवस्थाका बाबजुत पनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । गएको आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ३ लाख नाफा कमाएको सिटिजनले यो आर्थिक वर्षको तीन महिनाको अवधिमा ७ करोड १४ लाख ८५ हजार नाफा कमाएको छ ।

यस अबवाधिमा कम्पनीले १ अर्ब ५० करोड कुल बीमाशुल्क आर्जन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गएको आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कुल बीमाशुल्क आर्जन २ दशमलव ६९ प्रतिशले बढेको हो ।

सिटिजनको कुल बीमाशुल्क आर्जनमध्ये १ अर्ब ८ करोड नवीकरण बीमाशुल्क र ४१ करोड ६० लाख प्रथम बीमाशुल्क छ । अघिल्लो वर्षको तुलनामा प्रथम बीमा शुल्क भने १४ दशमलव ३९ प्रतिशतले घटेको छ । नवीकरण बीमा शुल्कमा ११ दशमवल १७ प्रतिशतको वृद्धि भएको छ । पुनर्बीमा गरेर कम्पनीले १ अर्ब ४२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

कुल ३ अर्ब ७५ करोड चुक्ता पुँजी भएको सिटिजनको शेयर प्रिमियममा १ अर्ब ५५ करोड, महाविपद जगेडामा १४ करोड ५० लाख र अन्य जगेडामा ७० करोड ४३ लाख सञ्चिति छ । यसैगरी जीवन बीमा कोष ११ अर्ब ०७ करोड पुगेको छ । जुन ८ दशमलव २७ प्रतिशतको वृद्धि भनिएको छ ।

यस्तै, कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ अर्थात् किताबी मूल्य १८१ रुपैयाँ ४१ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
813SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?