National life

सुकुम्बासी बस्तीका गरिबलाई कांग्रेसका युवा नेता डा.शर्माले गरे आर्थिक तथा उपचार सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
789Shares
सुकुम्बासी बस्तीका गरिबलाई कांग्रेसका युवा नेता डा.शर्माले गरे आर्थिक तथा उपचार सहयोग
ncell

मोरङ जिल्ला, सुन्दरहरैंचा नगरपालिका–११ सुकुम्बासी बस्तीका अत्यन्तै गरिब बिरामी भीमबहादुर मगरलाई नेपाली कांग्रेसका युवा नेता पूर्व सांसद डा. सुनिल शर्माले आर्थिक तथा उपचार सहयोग प्रदान गरेका छन्।

केही महिनादेखि क्यान्सर रोगबाट पीडित रहेका मगर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका थिए। उनी गम्भीर अवस्थामा रहेको खबर पाएपछि डा। शर्माले बिहीबार स्वयम्‌ पुगेर अवस्थाको अवलोकन गर्दै आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता जनाए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

डा। शर्माले तत्कालै नोबेल मेडिकल कलेजका कर्मचारी जय रायलाई निर्देशित गर्दै बिरामीका लागि निःशुल्क खानाबास, उपचार तथा आवश्यक सुविधा उपलब्ध गराउन व्यवस्था मिलाएका छन्। त्यसपछि एम्बुलेन्समार्फत भीमबहादुर मगरलाई नोबेल मेडिकल कलेज, विराटनगर पुर्‍याइएको छ।

डा। शर्माको यस्तो मानवीय सहयोगले केही महिनादेखि उपचार नपाएर पीडामा रहेका भीमबहादुर मगर र उनका परिवारलाई ठूलो राहत पुगेको छ।

प्रतिनिधि सभामा सांसद हुँदा उनले तलब–भत्ता नलिने एक मात्र सांसदको उदाहरण कायम गरेका थिए। गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर सञ्चालन, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरणजस्ता कार्यहरूले उनलाई समाजसेवी नेताको रूपमा अझ उचाइमा पुर्‍याएको छ।

यो समाचार शेयर गर्नुहोस्
789SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?