National life

१० प्रतिशत शय्यामा बिमारीहरुको निःशुल्क उपचार गर्न परिपत्र

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ जेठ २०८०, आइतबार
745Shares
१० प्रतिशत शय्यामा बिमारीहरुको निःशुल्क उपचार गर्न परिपत्र
ncell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई १० प्रतिशत शय्यामा बिमारीहरुको निःशुल्क उपचार गर्न परिपत्र जारी गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले अस्पतालहरुलाई परिपत्र जारी गर्दै कुल शय्याको १० प्रतिशत निःशुल्क छुट्याउन भनेको हो ।

स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेबारिसे बिमारीको लागि कुल शय्याको १० प्रतिशतमा निःशुल्क उपचार अनिवार्य गराउनुपर्ने भनि उल्लेख भएको भन्दै मन्त्रालयले सो व्यवस्था कार्यान्वयन गराउन जेठ १९ गते मन्त्रीस्तरीय निर्णय गरेको जनाएको छ ।

नेपाल सरकारको निकायबाट जारी भएको गरीब परिचयपत्र र वडा कार्यालयको सिफारिसको आधारमा उक्त सेवा प्रदान गर्नुपर्ने मन्त्रालयद्वारा जारी गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्वास्थ्य मन्त्रालयको परिपत्र

 

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?