National life
cg eloctronics

२० हजारको लोभले इन्जिनियर अक्तियारको फन्दामा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
2.4kShares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

घर जग्गाको नक्सा पास गर्नका निम्ति सेवाग्राहीसँग २० हजार रुपैयाँ लिएको आरोपमा पक्राउ परेका मेहताविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रवक्ता दाहालका अनुसार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीबाट खटिएको टोलीले घुस रकम लिएको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।​

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय र जरिवानाको मागदावीसहित विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

muktinatha bikash bank
3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?