काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्दा प्रधानमन्त्री बालेन शाहले नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्तीका लागि थप समय माग गरेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा आग्रहसहित समय माग गरेका हुन् ।
‘अतिकम विकसित राष्ट्र सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थपका लागि मसर्थनको विषयमा छलफल भएको थियो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।
महासचिव गुटेरेसले भोटेकोसी बाढीको विपद्प्रति समवेदना प्रकट गरेका छन् ।
राष्ट्रसंघमा नेपालको सक्रिय सहभागिताबाट मुलुकको प्रतिष्ठा अभिवृद्धि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सभामा प्रधानमन्त्रीले विकसित देशहरूले नेपालमा भएको क्षति न्यूनीकरणका लागि सहयोग गर्नुपर्ने पनि बताएका थिए।






























