National life
cg eloctronics

प्रधानमन्त्रीले भोलि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै भेट गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२४ साउन २०८३, आइतबार
1.3kShares
प्रधानमन्त्रीले भोलि भारतीय र चिनियाँ राजदूतलाई छुट्टाछुट्टै  भेट गर्दै
muktinatha bikash bank

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका छन्। प्रधानमन्त्री शाहले सामेबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्रमन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शाहले सोमवार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवलाई भेट्ने तय भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ।यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।

गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधामन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए। तर, पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?