National life
cg eloctronics

पुटिन, ट्रम्प र चिनफिङबीच आज त्रिपक्षीय शिखर वार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ दिन अगाडि|०३ मंसिर २०८३, बिहिबार
2.1kShares
पुटिन, ट्रम्प र चिनफिङबीच आज त्रिपक्षीय शिखर वार्ता
muktinatha bikash bank

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा त्रिपक्षीय शिखर वार्ता हुँदैछ। एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा हुन लागेको यस भेटवार्तामा आणविक हतियार, इरान र युक्रेन युद्धलगायतका विषयमा छलफल हुने राष्ट्रपति ट्रम्पले बताएका छन्।

चीन भ्रमणका क्रममा ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पनि भेट्ने इच्छा व्यक्त गरेका छन्। ट्रम्पको पहिलो कार्यकालमा उनीहरूबीच तीनपटक भेटवार्ता भएको थियो। शिखर वार्ता हुनुअघि बुधबार राति तीनै देशका नेताहरू एपेक सम्मेलनको स्वागत समारोहमा सहभागी भएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

अमेरिका, चीन र रुसबीच युक्रेन युद्ध, ताइवान, इरान तथा आणविक हतियार नियन्त्रणका विषयमा लामो समयदेखि मतभेद रहँदै आएको छ। यी जटिल भू-राजनीतिक मुद्दाहरू वार्ताको प्राथमिकतामा रहने अपेक्षा गरिएको छ। यसअघि अमेरिकी पूर्वउपराष्ट्रपति माइक पेन्सले चीनसँगको सम्बन्धमा अमेरिकाको सुरक्षा चासो र असन्तुष्टि स्पष्ट रूपमा राख्न ट्रम्पलाई आग्रह गरेका थिए। उत्तर कोरियासँगको सम्भावित वार्तामा आणविक कार्यक्रमको विषयलाई पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?