National life
cg eloctronics

हराउन थाले दसैँका परम्परागत पिङ

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२६ असोज २०८३, सोमबार
273Shares
हराउन थाले दसैँका परम्परागत पिङ
ncell

डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर-घरमा प्रवेश गरेको छ ।

मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरू होस् यतिबेला मान्यजनको हातबाट दसैँको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चार वर्षअघि रोजगारीको सिलसिलामा भारतको ब्याङ्गलोर बसेर फर्किएका नवदुर्गा गाउँपालिका–३ का सुरेश विकले वर्षौं वर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्य पनि जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैँ खल्लो लागेको बताए ।

आलिताल गाउँपालिका–४ का जोगराज भट्टले भने, “सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दसैँको उमङ्ग पनि घट्दै गएको छ, पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थौं, वर्षौंसम्म पनि भेट नभएका साथी दसैँमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो ।”

बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै गएको छ । पहिले टोल-टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुने गरेको अमरगढी नगरपालिका-३ का गीताञ्जली साउद बताउछिन् ।

गाउँघरमा पहिले पहिले दसैँ आउनुभन्दा एक हप्ताअगाडि नै रोटेपिङ राख्ने गरेकामा यो भने हराउँदै गएको छ । अजयमेरु–३ का ८५ वर्षीय वृद्ध पदम एडीले भने, “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लट्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले सबै नौलोजस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”

फाटफुट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेभन्दा निकै कम भएको छ । लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे । तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेका छन् ।

पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपाली पर्वको महत्त्व पनि बिस्तारै हराउँदै जान थालेको छ । अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ ।

मान्छेहरू फेसबुक, इन्स्टाग्राम र टिकटकमा रमाउन थालेका छन् । अजयमेरु गाउँपालिकाका अध्यक्ष विकास भट्टले दसैँ र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको बताए। अहिले मानिसले खासै त्यो प्रति चासो नै दिँदैनन् सामाजिक सञ्जालमै व्यस्त हुने गरेको उनले बताए ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
273SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?