National life

जनमतको ८ बुँदे माग: प्रदेशलाई पूर्ण अधिकार दिन माइतीघरमा प्रदर्शन

संघीय संरचना सुदृढ गर्न जनमत पार्टी सडकमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
1.3kShares
जनमतको ८ बुँदे माग: प्रदेशलाई पूर्ण अधिकार दिन माइतीघरमा प्रदर्शन
ncell

काठमाडौं । जनमत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्त बनाउनेलगायत विभिन्न माग अघि सार्दै सोमबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेको छ।

यसअघि भएको आठ बुँदे सहमतिअनुसार प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्ने, कर्मचारी प्रशासन र स्थानीय तहलाई प्रदेश मातहतमा ल्याउनुपर्ने मागसहित प्रदर्शन गरिएको हो।

पार्टीले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रशासनलाई समेत प्रदेश सरकारको नियन्त्रणमा राख्नुपर्ने, नेपाली सेनामा मधेशी तथा थारु समुदायको सामूहिक सहभागिता सुनिश्चित गर्नुपर्ने र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने माग पनि अघि सारेको छ।

त्यसैगरी वैदेशिक रोजगारीका समस्या समाधान, किसानलाई समयमै मलखाद र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने तथा चुरे क्षेत्रको दोहन र अतिक्रमण रोक्नुपर्ने विषय पनि प्रदर्शनका प्रमुख एजेण्डा बनेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रदर्शनमा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अन्य अल्पसंख्यक समुदायमाथि भइरहेको विभेद र शोषण अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

जनमत पार्टीले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै संघीय व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक सुधार गर्न आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?