National life
cg eloctronics

जेन्सेन हुआङको फिर्तीसँगै एनभिडियाको सेयर मूल्यमा उच्च वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.1kShares
जेन्सेन हुआङको फिर्तीसँगै एनभिडियाको सेयर मूल्यमा उच्च वृद्धि
muktinatha bikash bank

काठमाडौं: जेन्सेन हुआङ पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदमा नियुक्त भएसँगै प्रविधि कम्पनी एनभिडियाको बजार मूल्यमा करिब १ करोड डलरको वृद्धि भएको छ। कम्पनीको सेयर मूल्य ३१ प्रतिशतभन्दा बढीले बढेको छ भने यसको प्रभाव अन्य टेक कम्पनीहरूमा पनि देखिएको छ। नोभेम्बर १२ मा पदबाट राजीनामा दिएको दुई साता नपुग्दै हुआङ सोमबार कम्पनीमा फर्किएका हुन्।

चिनियाँ जासुस मानिएकी एलिस हुआङसँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि उनले नोभेम्बर ८ मा कर्मचारीहरूलाई सन्देश पठाउँदै सम्बन्ध स्वीकार गरेका थिए। हुआङको राजीनामालगत्तै एआई चिप्स निर्माता कम्पनी एनभिडियाको सेयर मूल्यमा भारी गिरावट आएको थियो। सीएनबीसीका अनुसार सोमबार कार्यालय फर्किंदा कर्मचारीहरूले उनको स्वागत गरेका थिए। उपस्थित कर्मचारीहरूलाई सम्बोधन गर्दै हुआङले भने, 'दोस्रो मौका दिनुभएकामा तपाईंहरू सबैलाई धन्यवाद, अब म अझ राम्रो सीईओ बन्नेछु।'

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीका एक कर्मचारीका अनुसार सोमबार कार्यालयमा 'जेन्सेन फर्किए' लेखिएका कपकेक्स वितरण गरिएको थियो। यद्यपि, सञ्चालक समितिको निर्णयप्रति केही असन्तुष्टि पनि देखिएको छ। एनभिडियाका एक पूर्वकर्मचारीले सञ्चालक समितिको यो निर्णय लज्जास्पद भएको टिप्पणी गरेका छन्। उनले भने, 'धेरै कर्मचारीले सञ्चालक समितिले निकै हतारमा कदम चालेको महसुस गरेका छन्।' सञ्चालक समितिमा केही परिवर्तन हुने सम्भावनासमेत रहेको उनले बताएका छन्।

everest bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुआङको फिर्तीमा आफ्नो भूमिका रहेको स्वीकार गरेका छन्। सीएनबीसीसँग कुरा गर्दै ट्रम्पले आफूले सञ्चालक समितिसँग कुराकानी गरेको बताएका छन्। आइतबार बसेको सञ्चालक समितिको बैठकमा ट्रम्पले फोनमार्फत सहभागिता जनाएको समेत पुष्टि भएको छ। एनभिडिया सञ्चालक समितिले गत हप्ता मात्रै हुआङलाई नफर्काइने स्पष्ट पारेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?