National life

युवालाई रोजगारीसँग जोड्न पहल : सबै विभागलाई तथ्यांक पेस गर्न कृषिमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|२६ असार २०८३, शुक्रबार
788Shares
युवालाई रोजगारीसँग जोड्न पहल : सबै विभागलाई तथ्यांक पेस गर्न कृषिमन्त्रीको निर्देशन
ncell

काठमाडौँ- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्न निर्देशन दिएकी छन्।

मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभाग लगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखहरूसँग भएको छलफलमा मन्त्री चौधरीले वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको ठूलो भरोसा र अपेक्षा रहेको उल्लेख गर्दै त्यसअनुसार काम गर्न निर्देशन दिइन्।

उनले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहत बाट कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने यथार्थ विवरण तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिइन्।

‘युवा पुस्ताको अपेक्षा अनुसार परिणाम देखिने गरी काम गर्नुपर्छ। मन्त्रालय अन्तर्गतका सबै निकायले यसै महिना भित्र कति युवालाई रोजगारी, पारिश्रमिक सहितको इन्टर्नशिप र स्वयंसेवामा जोड्न सकिन्छ भन्ने स्पष्ट योजना पेस गर्नुपर्छ’ उनले भनिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री चौधरीले कार्यान्वयनमुखी र परिणाममुखी ढंगले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइन्।

यो समाचार शेयर गर्नुहोस्
788SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?