National life

भन्सार छली आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी नियन्त्रणमा

जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जा क्षेत्रबाट उक्त गाडीहरू नियन्त्रणमा लिइएको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२१ जेठ २०८३, बिहिबार
1.3kShares
भन्सार छली आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ गाडी नियन्त्रणमा
ncell

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा विभिन्न स्थानबाट ती गाडीहरू बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बुधबार राति जोमसोम, पर्वतको कुश्मा र कास्कीको हेम्जा क्षेत्रबाट उक्त गाडीहरू नियन्त्रणमा लिइएको हो। सहप्रवक्ता शैलेन्द्र थापाले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेर सवारीसाधनहरू नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अभियानका लागि मुस्ताङस्थित नं. ३३ गुल्म, म्याग्दी गुल्म, पर्वतको नं. २५ चण्डिका गण र कास्कीको नं. २४ कालिका गणबाट सुरक्षाकर्मी खटाइएको थियो।

यसैक्रममा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सबै सवारीसाधन आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइने सशस्त्र प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?