National life

मुस्ताङबाट पोखरा ल्याइँदै गरेको भन्सार छलीका अवैध सामान बरामद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
729Shares
मुस्ताङबाट पोखरा ल्याइँदै गरेको भन्सार छलीका अवैध सामान बरामद
ncell

मुस्ताङ।मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध सामान बरामद गरेको छ।

थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित जाँच गर्ने क्रममा करिब चार लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीन कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा सामान फेला परेको हो।

भन्सार प्रज्ञापनपत्र र आवश्यक कागजात नभएका सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रहरीले गाडी, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ।

बरामद सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टिसर्टलगायतका छन्। सामान ल्याउने व्यक्तिको नाम भने अनुसन्धानका लागि गोप्य राखिएको प्रहरीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?