National life
cg eloctronics

नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१८ साउन २०८३, सोमबार
1.6kShares
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान, नेपाल गुणस्तर चिन्ह लिन व्यवसायीलाई आग्रह
muktinatha bikash bank

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्द्धन, उपभोक्तालाई गुणस्तरीय वस्तुको सुनिश्चितता तथा विदेशी आयातमा निर्भरता घटाउने उद्देश्यका साथ नेपाल गुणस्तर (एनएस) चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आह्वान गरेकी छन्।

आज मन्त्रालयमा नेपाल गुणस्तर तथा नापतौल विभागकी महानिर्देशक कुमारी ज्योति जोशी तथा विभागका अन्य अधिकारीहरूसँग भएको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिइन्।

उनले नेपालमै उत्पादन भएका वस्तुहरूलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री–वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन नेपाल गुणस्तर चिन्ह आवश्यक रहेको बताइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसका लागि सरकारले व्यवसायीलाई आवश्यक प्रोत्साहन दिने र गुणस्तर चिन्ह प्राप्त गर्ने प्रक्रियालाई थप सहज बनाउने निर्णय गरेको उनले जानकारी दिइन्।

मन्त्री यादवले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका वस्तुहरूलाई अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात तथा बिक्री–वितरण गर्न सहज हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रियामा मन्त्रालयले सहजीकरण गर्ने बताइन्।

हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायरलगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्। पछिल्लो समय नेपालमै उत्पादन हुने सेनेटरी प्याडले समेत नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ।

everest bank

यद्यपि अझै धेरै उद्योग तथा कम्पनीहरूले नेपाल गुणस्तर चिन्ह लिन बाँकी रहेकाले समयमै आवश्यक प्रक्रिया पूरा गर्न मन्त्रालयले आह्वान गरेको छ।

मन्त्रालयका अनुसार नेपाल गुणस्तर चिन्हको प्रयोगले स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्नुका साथै नेपाली ब्रान्डलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै यसबाट विदेशी आयातमा निर्भरता घट्दै स्वदेशी उद्योग र उत्पादनलाई थप प्रोत्साहन पुग्ने विश्वास मन्त्रालयको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?