National life

सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छुः शेरबहादुर देउवा(पूर्णपाठ)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
946Shares
सर्वोच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छुः शेरबहादुर देउवा(पूर्णपाठ)
ncell

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका असहमति र विवादलाई बृहत् एकतामा बदल्नुपर्ने बताएका छन् । उनले अहिले मुलुकको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्तालाई राष्ट्रिय हितका विषयमा सजग भएर भूमिका निर्वाह गर्न आग्रह गरे ।

शुक्रबार नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले समाजमा अझै पनि निराशा रहेको उल्लेख गर्दै त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसको रहेको बताए । उनले कांग्रेसले लोकतन्त्र र राष्ट्रिय हितको संरक्षणमा जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘अहिले मुलुकको राजनीतिक अवस्था अत्यन्तै संवेदनशील देखिएको छ। यो संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सम्पूर्ण साथीहरूले बडो सजग भएर राष्ट्रिय अहितका काम रोक्न, सचेत गर्न भूमिका खेल्नुपर्ने हुन्छ ।’

देउवाले समाजमा देखिएको निराशालाई आशामा बदल्नुपर्ने आवश्यकता रहेको बताए। त्यसका लागि कांग्रेसले आफ्नो ऐतिहासिक जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

यो समाचार शेयर गर्नुहोस्
946SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?