National life

इन्टरपोलले देउवा दम्पतीको रेड नोटिस अनुरोध फिर्ता पठायो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.4kShares
इन्टरपोलले देउवा दम्पतीको रेड नोटिस अनुरोध फिर्ता पठायो
ncell

काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध तत्काल रेड नोटिस जारी गर्न नसकिने भन्दै इन्टरपोलले जवाफ पठाएको छ।

प्रहरीमार्फत पठाइएको अनुरोधपछि इन्टरपोलले हालको अवस्थामा रेड नोटिस जारी गर्न आवश्यक कानुनी सर्त पूरा नभएको उल्लेख गरेको स्रोतहरूले जनाएका छन्। विशेषगरी, सम्बन्धित कसुर स्पष्ट रूपमा नखुलेको र अनुसन्धानको अवस्था पर्याप्त रूपमा पुष्टि नभएको विषयमा प्रश्न उठाइएको बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौँले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सोही आधारमा रेड नोटिस जारी गर्न प्रक्रिया अघि बढाइएको भए पनि इन्टरपोलले पत्र फिर्ता पठाएको प्रहरी स्रोतले जनाएको छ।

देउवा दम्पती हाल विदेशमा रहेको बताइए पनि उनीहरूको अवस्थाबारे औपचारिक विवरण सार्वजनिक भएको छैन। उनीहरू विगतमा आन्दोलनका क्रममा निवासमा भएको आक्रमणपछि उपचारका लागि विदेश गएको र त्यसयता पटक–पटक विदेश यात्रा गरेको विवरण पनि सार्वजनिक भएका थिए।

सुरक्षा निकायका अनुसार इन्टरपोलले अनुसन्धानको चरण, कुन कसुरमा कारबाही अघि बढाइएको हो भन्ने स्पष्टता र प्रमाणिक आधारबारे थप प्रश्न उठाएको छ। प्रहरीले पठाएको अनुरोध अहिलेका लागि स्वीकार नभई फिर्ता आएको पुष्टि गरेको छ।












यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?