National life

मनि लाउन्डरिङ आरोपमा भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२३ वैशाख २०८३, बुधबार
1.7kShares
मनि लाउन्डरिङ आरोपमा भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न आदेश
ncell

काठमाडौँ । विशेष अदालतले हिरासतमा रहेका व्यवसायी दीपक भट्टसुलभ अग्रवाल लाई थप अनुसन्धानका लागि १२ दिनसम्म हिरासतमा राख्न अनुमति दिएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा दुवैजनामाथि अनुसन्धान भइरहेको छ। बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठविदुर कोइराला को संयुक्त इजलासले उक्त आदेश दिएको हो।

शंकर ग्रुपका सञ्चालक अग्रवालको हकमा यो छैटौँपटक म्याद थप गरिएको हो भने भट्टको हकमा पाँचौँपटक म्याद थप भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो सँगको समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौँबाट पक्राउ गरेको थियो। त्यसपछि चैत २२ गते अग्रवाललाई पनि नियन्त्रणमा लिइएको हो।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?