National life

व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
1.8kShares
व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश
ncell

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई विशेष अदालतले १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। मंगलबार भएको थुनछेक बहसपछि अदालतले गोल्छासँग उक्त रकम धरौटी माग गरेको हो।

विशेष अदालतका न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो। व्यवसायी दीपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गोल्छाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बिगो दाबी गरेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छा हिमालय रिइन्स्योरेन्सका पूर्वअध्यक्ष हुन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले गत वैशाख १० गते काठमाडौंको नक्सालबाट पक्राउ गरेको थियो।

पक्राउ गर्दा सीआईबीले नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा गोल्छालाई नियन्त्रणमा लिइएको जनाएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?