National life
cg eloctronics

विशेष अदालतद्धारा सम्पत्ति शुद्धीकरण मुद्दामा दुई व्यवसायीलाई ९० करोड जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
1.4kShares
विशेष अदालतद्धारा सम्पत्ति शुद्धीकरण मुद्दामा दुई व्यवसायीलाई ९० करोड जरिवाना
muktinatha bikash bank

काठमाडौं । व्यवसायी प्रमोदकुमार जयसवाल र पप्पु ठाकुरलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा जरिवाना र कैद फैसला गरेको छ ।

अदालतले जयसवालमाथि ८ वर्ष कैदसहित ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ तथा ठाकुरमाथि ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद फैसला गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७७ वैशाख २ गते विशेष अदालतमा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गराएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

विशेष अदालतका तीन न्यायाधीश टेक नारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले पुस ४ गते आरोपीहरुलाई कसुरदार ठहर गर्दै जरिवानासहित कैद सजाय सुनाएको हो । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीकाअनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०९१० अनुसार जायसवाललाई बिगो रहेको ४१ करोड ५१ लाख ६९ हजार २७५ रुपैयाँको दोब्बरले हुन आउने ८३ करोड ३ लाख ३८ हजार ८५० रुपैयाँ जरिवानाको फैसला भएको जानकारी दिए ।

सोही मुद्दामा प्रतिवादी रहेका पप्पु ठाकुरको बिगो ३ करोड ६७ लाख १४ हजार रुपैयाँ कायम भएकोमा ७ करोड ३४ लाख २८ हजार रुपैयाँ जरिवाना र ५ वर्ष कैद सजायको फैसला भएको छ । नक्कली कागजातको आधारमा कम्पनी दर्ता गरी नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रुपान्तरण गरि सम्पत्ति शुद्धीकरण गरेको भन्दै उनीहरुमाथि मुद्दा चलेको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?