National life

वित्तीय अपराध रोकथामबारे नक्सालमा उच्चस्तरीय छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.2kShares
वित्तीय अपराध रोकथामबारे नक्सालमा उच्चस्तरीय छलफल
ncell

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र एसिया–प्यासिफिक समूह (एपीजी) अन्तर्गतको मनि लन्डरिङ नियन्त्रण टोलीबीच भेटवार्ता सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालमा भएको छलफलमा वित्तीय अपराध नियन्त्रण र सम्पत्ति शुद्धीकरणविरुद्धको सहकार्यका विषयमा केन्द्रित छलफल गरिएको हो।

एपीजीका डेपुटी कार्यकारी सचिव डेभिड सानोन र नीति अधिकृत कियाह ससलसँग भएको भेटमा नेपाललाई हाल राखिएको ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने उद्देश्यसहित तयार पारिएको कार्ययोजनाबारे विस्तृत छलफल भएको प्रहरी स्रोतले जनाएको छ।

छलफलका क्रममा नेपाल प्रहरीको भूमिका, अन्य निकायसँगको समन्वय, तथा सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउने उपायहरूबारे विचार–विमर्श गरिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै प्रहरी कर्मचारीको क्षमता विकास, प्राविधिक सहयोग र आगामी रणनीतिबारे पनि कुराकानी भएको बताइएको छ।

त्यस्तै वित्तीय अपराध नियन्त्रणमा सूचना आदान–प्रदान, अन्तरनिकाय सहकार्य र संयुक्त कार्यसम्पादनलाई अझ मजबुत बनाउने विषयमा पनि सहमति भएको जनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाइ र प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?