National life

सूर्यज्योति लाइफको ‘इकर्जा झ्याप्पै’ अभियान सुरु, घरबाटै ऋण सुविधा

२ लाखसम्म ऋण र १००% क्यासब्याक

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२० जेठ २०८३, बुधबार
1.6kShares
सूर्यज्योति लाइफको ‘इकर्जा झ्याप्पै’ अभियान सुरु, घरबाटै ऋण सुविधा
ncell

काठमाडौं — सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा धितोमा ऋण सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यसहित ‘इकर्जा झ्याप्पै क्याम्पेन’ सुरु गरेको छ।

डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्दै ग्राहकलाई छिटो, सरल र झन्झटरहित ऋण सुविधा प्रदान गर्ने लक्ष्यसहित ल्याइएको यस अभियानमार्फत अब योग्य बीमितहरूले घरमै बसेर अनलाइन प्रक्रियाबाट ऋण लिन सक्नेछन्।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत अधिकतम २ लाख रुपैयाँसम्मको ऋण तत्काल उपलब्ध हुनेछ। साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा पूर्ण क्यासब्याकको सुविधा पनि दिइनेछ।

यस सेवामा सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले कागजी काम वा अतिरिक्त कागजात आवश्यक नपर्ने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ग्राहकहरूले सूर्यज्योति मोबाइल एपमार्फत आफ्नो ऋण योग्यता जाँच गर्न सक्नेछन् र अनलाइन प्रक्रियामार्फत बीमालेख नम्बर प्रयोग गरी सहजै ऋण लिन सक्ने व्यवस्था गरिएको छ।

Insurance & Surakshya > Insurance Loan > SuryaJyoti eKarja मार्फत आफ्नो बीमालेख नम्बर राखी प्रक्रिया पुरा गरि तुरुन्तै कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

कम्पनीले यो अभियानलाई नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा नयाँ उपलब्धिका रूपमा लिएको छ। यसले बीमितलाई सुरक्षित र सहज वित्तीय पहुँच दिनुका साथै डिजिटल कारोबारको विस्तारमा समेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

सूर्यज्योति लाइफले आफ्ना आधिकारिक डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालमार्फत अभियानको प्रचार–प्रसार गर्ने तथा सेवाग्राहीसम्म जानकारी पुर्‍याउन सबै सरोकारवालासँग सहकार्यको अपेक्षा गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?