National life

सूर्यज्योति लाइफ इन्सुरेन्सको एजीएम बस्दै , ३५ प्रतिशत लाभांश प्रस्ताव पेश गरिने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ वैशाख २०८१, शुक्रबार
1.3kShares
सूर्यज्योति लाइफ इन्सुरेन्सको एजीएम बस्दै , ३५ प्रतिशत लाभांश प्रस्ताव पेश गरिने
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्सुरेन्सले आज बिहान वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुने भएको छ ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४।७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा समावेश गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । वैशाख ७ गते बुक क्लोज गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?